विश्वकप छनोटः नेपालले भुटानलाई ८ विकेटले हरायो

विश्वकप छनोटः नेपालले भुटानलाई ८ विकेटले हरायो

mahila-cricket

काठमाडौँ । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ ।

दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् ।

पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । शीर्ष स्थानमा रहने टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds