विश्वकप छनोटः नेपालले आज कुवेतसँग खेल्दै

विश्वकप छनोटः नेपालले आज कुवेतसँग खेल्दै

mahila-cricket

काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज बिहीबार कुवेतसँग खेल्दैछ ।

नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

छनोटअन्तर्गत यूएई लगातार दुई खेल जित्दै चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक/एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानको समान दुई/दुई अङ्क छ । नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन् ।

नेपालले शुक्रवार मलेसिया र आइतबार यूएईसँग खेल्नेछ । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ