महिला टी २० विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, अंकतालिकाको शीर्ष स्थानमा

महिला टी २० विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, अंकतालिकाको शीर्ष स्थानमा

cricket-nepal-womens

काठमाडौँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा केवल एक विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । सीता राना मगरले भने खाता खोल्न सकिनन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा अल आउट हुँदै जम्मा २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे । करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

६ देश सहभागी एसिया छनोटको शीर्ष स्थानमा रहने देशले सन् २०२३ मा दक्षिण अफ्रिका हुने टी–२० विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ