काङ्ग्रेस अधिवेशन : स्याङ्जाका क्षेत्रीय प्रतिनिधि रमेश रोकाहाले उम्मेदवारी फिर्ता लिए

काङ्ग्रेस अधिवेशन : स्याङ्जाका क्षेत्रीय प्रतिनिधि रमेश रोकाहाले उम्मेदवारी फिर्ता लिए

257349788_349672816929965_1417082721405884549_n

राम बहादुर रोकाहा, स्याङ्जा ।  नेपाली काङ्ग्रेसको चलिरहेको अधिवेशन अन्तर्गत भोलि हुने चुनावको अघिल्लो दिन आज स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ मा रमेश रोकाहाले जिल्ला सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली काङ्ग्रेसलाई बल होइन, विचारको धारमा, बहिष्कार होइन अङ्गालेर समृद्धिको बाटोमा डोर्याउन चाहेकाे भन्दै रोकाहाले अग्रजहरुलाई स्थान दिँदै जिल्ला सदस्य पदमा रहेको आफ्नो उम्मेदवारीलाई फिर्ता लिएको घोषणा गरेका हुन् ।

स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका वडा नं. ६, कुन्चेबारी घर भएका रोकाहा विगत डेढ दशकदेखि राजनीति र आवद्ध पार्टीका गतिविधिहरुमा निरन्तर सरिक हुँदै आएकाे बताएका छन् ।

पार्टीको चालू १४ औं महाधिवेशनमा राजनैतिक पृष्ठभूमि र संस्कारबाट चलायमान युवा वर्गहरुको उल्लेखनीय सहभागिता हुनुपर्ने र अनेकन असामाजिक, अराजनीतिक गतिविधिहरुका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने मान्यताका साथ जिल्ला सदस्य पदको उम्मेदवारी घोषणा गरेकाेम ारोकाहाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ