विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

cricket

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज शुक्रबार मलेसियासँग खेल्दैछ ।

नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

यस्तै नेपालले हिजो कुवेतलाई ९ विकेटले हराउँदै विश्व कपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ