विश्वकप छनोटः मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

विश्वकप छनोटः मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

mahila-cricket

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत चौथो खेलमा नेपालले टोलीले मलेसियालाई ६ विकेटले हराएको छ ।

आज शुक्रबार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभर चार विकेट गुमाएर भेट्टायो ।

नेपालको चार खेलमा यो लगातार तेस्रो जित हो । जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

नेपालका लागि सीता राना मगरले ३०, रुबिना क्षेत्रीले २० र सरिता मगरले नटआउट १५ रन बनाइन् । बलिङतर्फ मलेसियाका तर्फबाट आइसेया इलेसाले एक विकट लिइन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनायो । बलिङतर्फ नेपालका तर्फबाट सबनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुबिना क्षेत्रीले एक–एक विकेट लिइन् ।

यो जितसँगै नेपाल ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

हङकङले दुई खेल जित्दै चार अंक जोडेको छ । भुटानले तीन मध्ये एक खेल जित्दा कुवेतले भने तीनवटै खेलमा पराजय भोगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ