विश्वकप छनोटः नेपालले आज आयोजक यूएईसँग खेल्दै

विश्वकप छनोटः नेपालले आज आयोजक यूएईसँग खेल्दै

cricket-nepal-womens

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार आयोजक यूएईसँग खेल्दैछ ।

नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेट छ । नेपालको तीन खेलमा ६ अङ्कसहित दुई दशमलव ०८८ को रनरेट छ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । अङ्क तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ ।

चारमध्ये तीन खेल जितेको हङकङको पनि समान ६ अङ्क नै छ । तर नेट रनरेटमा हङकङभन्दा नेपाल अगाडि छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले आज अन्तिम खेल कुवेतसँग खेल्दैछ ।

मलेसिया (२ अंक), भुटान (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds