विश्वकप छनोटः नेपाल ग्लोबल छनोटमा पुग्न असफल

विश्वकप छनोटः नेपाल ग्लोबल छनोटमा पुग्न असफल

cricket

काठमाडौँ । नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

एसिया छनोट अन्तर्गत आइतबार भएको खेलमा यूएईसँग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो ।

नेपाल यस अघि हङकङसँग पराजित भएको थियो ।

यूएईले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन् । अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले चार विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाइन् । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई, सीता राना मगर र संगीता राईले एक/एक विकेट लिए ।

नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds