Gandak News
Our News Your Views

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बिहान ९ बजे बोर्डको बैठक बस्दैछ ।

बोर्डका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

परीक्षामा देशभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि हिजोदेखि परीक्षा सुरु भएको छ । उनीहरुको आउँदो बुधबारसम्म परीक्षा सञ्चालन हुने छ ।

परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस

sex videos
navigate to this website justfap