अहिले कै कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने डब्ल्युएचओको भनाइ

अहिले कै कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने डब्ल्युएचओको भनाइ

WHO-990×651

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ओमिक्रोन भेरियन्टको नियन्त्रणमा पनि अहिले प्रयोग भईरहेका काभिड–१९ विरुद्धको खोपले काम गर्ने जनाएको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण भए पनि खोप लगाएका ब्यक्तिहरु गम्भीर विरामी नपर्ने डब्ल्युएचओका अधिकारीहरुले बताएका हुन् ।

दक्षिण अफ्रिकाका ओमिक्रोन संक्रमितहरुमा गरिएको परीक्षणले खोपहरुको प्रभावकारिता पुष्टि गरेको हो । यद्यपी कुन हदसम्म खोपले काम गर्छ भन्ने निक्र्यौल भने हुन बाँकी रहेको छ ।

अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन अझै अनुसन्धान आवश्यक रहेको तर ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताएका छन् ।

डब्ल्यूएचओका डा रायनले अहिले प्रयोगमा रहेका कोरोना विरुद्धका खोपहरु प्रभावकारी रहेका र ति खोपले सबै भेरियन्टका सङ्क्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित गरेको भन्दै ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds