पोखरा । अस्ट्रेलियामा हुने आइसीसी टी–२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ।
ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् ।
समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ । जिम्बाम्वेमा हुने तय भएको समूह ‘बी’ मा जिम्बाबेसहित हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवान्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यो समूहका ८ देखि १८ जुलाईसम्म हुनेछ ।
ग्लोबल छनोटबाट दुवै समूहका शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । आयोजक अस्ट्रेलिया, साबिक विजेता न्युजिल्यान्ड, उपविजेता पाकिस्तान, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले भने विश्वकपको सुपर १२ मा स्थान बनाइसकेका छन् । वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले भने विश्वकपमा स्थान बनाउन ग्लोबल छनोटबाट आएका चार टोलीसँग खेल्नुपर्नेछ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग