विश्व मानव अधिकार दिवस मनाइँदै

विश्व मानव अधिकार दिवस मनाइँदै

human rights

काठमाडौँ । आज ७० औँ विश्व मानव अधिकार दिवस मनाइँदै छ ।

हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

नेपालमा आज ‘दिगो विकास र मानवअधिकारः नेपालीको मूल आधार’ भन्ने नाराका साथ मनाइँदैछ ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।

दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

दिवसको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds