साफ यू–१९ महिला फुटबलः नेपालले आज पहिलो खेल बंगलादेशविरुद्ध खेल्दै

साफ यू–१९ महिला फुटबलः नेपालले आज पहिलो खेल बंगलादेशविरुद्ध खेल्दै

football-girls

काठमाडौँ । दोस्रो संस्करणको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप आज (शनिबार) बंगलादेशमा सुरु हुँदैछ ।

नेपालले आजै आफ्नो पहिलो खेल घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।

बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ ।

नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।

फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds