काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।
भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले खेलको ६७ औँ मिनेटमा गरेका थिए ।
यस्तै, नेपाल फाइनल पुग्न पनि असफल भएको छ ।
नेपाल भारतसँग पराजय भोगसँगै आयोजक बंगलादेशले पनि आइतबार भएको खेलमा श्रीलंकालाई १२–० गोल अन्तरले पराजित गरेपछि नेपालको फाइनल प्रवेशको सम्भावना सकिएको हो ।
ढाकामा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने समीकरण थियो । तर, बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गर्यो ।
श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।
बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।
अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ९ अंक जोड्यो ।
नेपाल तेस्रो स्थानमा रह्यो । नेपालले ४ खेलमा ७ अंक जोड्यो ।
उक्त हार नै नेपाल बाहिरिनुको मुख्य कारण बन्यो । भारतलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु