काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।
बंगलादेशको ढाकामा आज बिहीबार भएको खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद सुरुआत गरेको हो ।
लगातार दुई सेटमा पराजय भोगेको नेपाली टोलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
सुरुआती दुई सेट श्रीलंकाले २५–१९ र २५–२१ ले जितेको थियो ।
तर, त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो ।
त्यसपछि अन्तिम सेटमा श्रीलंकालाई १५–१३ को सेटमा हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
अब नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै आजै बेलुका पौने ५ बजे पुरुष टोलीले आयोजक बङ्गलादेशसँग खेल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् ।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु