काठमाडौँ । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले पहिलो जित निकालेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले पहिलो सेट २५–१८ ले हारे पनि लगातार तीन सेटमा विजयी भएको हो । नेपालले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले जित्यो ।
खेलमा नेपालका धन बहादुर प्लेयर अफ दि म्याच चुनिए ।
यस अघि बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।
अब नेपालले तेस्रो खेलमा आज शनिबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।
यस्तै, नेपालको महिला टोलीले आज आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
महिलातर्फ नेपालले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएर लगातार दोस्रो जित निकालेको हो ।
महिलाको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला