चिसोसँगै ह्वात्तै बढ्यो विद्युत् माग : प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सकस

चिसोसँगै ह्वात्तै बढ्यो विद्युत् माग : प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सकस

heater electricity cold

चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ । वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै लोड सिर्जना हुँदा ट्रान्सफर्मर पड्कने तथा तार जल्दा कतिपय स्थानमा विद्युत् आपूर्ति नै अवरुद्ध हुने समस्या बढेको हो ।

केही दिनयता काठमाडौँ उपत्यकामा माग पनि अत्यधिक बढेको छ । गत वर्ष मध्य पुसमा उपत्यकामा उच्च समयमा करिब तीन सय मेगावाट माग थियो तर सोमबार काठमाडौँ उपत्यकामा साँझ ६ बजे देखि ६ः३० सम्ममा माग ४५० मेगावाट पुग्यो भने मङ्गलबार ९आज० दिउँसो १ बजे नै माग ४३० मेगावाट पुगेको छ ।

काठमाडौँ उपत्यकाका खास गरी बागमती र विष्णुमती नदीबीचको क्षेत्र र चक्रपथ बाहिरका क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ । ललितपुरको इमाडोल क्षेत्रमा तीन दिनदेखि यही समस्याले उपभोक्ता आक्रान्त छन् । इमाडोलका स्थानीय नारायण काफ्लेका अनुसार तीन दिनदेखि विद्युत् आपूर्ति घण्टौँसम्म जाने र थोरै समय मात्र आउने गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ