जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

pashupati

पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ ।

वि।सं। २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो । पशुपतिनाथ मन्दिरभित्र मुसाले विभिन्न स्थानमा प्वाल पार्दै गएको र दलिनसमेत फेर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन टोलीले दिएको थियो । अध्ययनअनुसार जीर्णोद्धार गर्नुपर्नेमा अहिले मन्दिरको गजुर क्षेत्रको बिग्रिएको छत्रावली मात्र मर्मत कार्य गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता डा। घनश्याम खतिवडाका अनुसार मन्दिरको पहिलो तलाको मात्र अध्ययन भएको हुँदा जीर्णोद्धार गर्न नसकिएको हो । त्यसैले अब दोस्रो तला समेतको नापजाँच हुनेगरी कार्य अगाडि बढाइएको छ । कहाँ के समस्या छ भन्ने जाँच गर्न पनि समस्या रहेको छ ।

प्रचलनअनुसार वर्षको एक पटक बालाचतुर्दशीका दिन मात्र मन्दिरको माथिल्लो तलामा जान पाइन्छ । त्यसरी जान पाउने पनि पशुपतिनाथका बिसेट र भण्डारी मात्र हुन्छन् । उनीहरूलाई सबै प्राविधिक ज्ञान हुँदैन । तथापि उनीहरूलाई सामान्य प्राविधिक विषयमा जानकारी गराएर पठाइन्छ । तर त्यो अपूर्ण नै हुने गर्छ ।

डा। खतिवडाका अनुसार पशुपतिनाथका पुजारीसमेत कहिल्यै जान नपाउने मन्दिरको छतको भित्री भागमा नाथका बिसेट र भण्डारी मात्र जान पाउने भएकाले जीर्णोद्धारका लागि मन्दिरको दोस्रो तलामा उनीहरूबाटै नापजाँच र अवस्था अवलोकन गर्नुपर्ने भएकाले यसमा समस्या देखिएको हो । उहाँले भन्नुभयो, “जान पाउनेलाई तालिम दिएर नापजाँच गरायौँ । एक चरणको अध्ययन सकियो, दोस्रो चरणको काम हुन सकेको छैन ।” यो समाचारगोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ