पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ ।
वि।सं। २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो । पशुपतिनाथ मन्दिरभित्र मुसाले विभिन्न स्थानमा प्वाल पार्दै गएको र दलिनसमेत फेर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन टोलीले दिएको थियो । अध्ययनअनुसार जीर्णोद्धार गर्नुपर्नेमा अहिले मन्दिरको गजुर क्षेत्रको बिग्रिएको छत्रावली मात्र मर्मत कार्य गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता डा। घनश्याम खतिवडाका अनुसार मन्दिरको पहिलो तलाको मात्र अध्ययन भएको हुँदा जीर्णोद्धार गर्न नसकिएको हो । त्यसैले अब दोस्रो तला समेतको नापजाँच हुनेगरी कार्य अगाडि बढाइएको छ । कहाँ के समस्या छ भन्ने जाँच गर्न पनि समस्या रहेको छ ।
प्रचलनअनुसार वर्षको एक पटक बालाचतुर्दशीका दिन मात्र मन्दिरको माथिल्लो तलामा जान पाइन्छ । त्यसरी जान पाउने पनि पशुपतिनाथका बिसेट र भण्डारी मात्र हुन्छन् । उनीहरूलाई सबै प्राविधिक ज्ञान हुँदैन । तथापि उनीहरूलाई सामान्य प्राविधिक विषयमा जानकारी गराएर पठाइन्छ । तर त्यो अपूर्ण नै हुने गर्छ ।
डा। खतिवडाका अनुसार पशुपतिनाथका पुजारीसमेत कहिल्यै जान नपाउने मन्दिरको छतको भित्री भागमा नाथका बिसेट र भण्डारी मात्र जान पाउने भएकाले जीर्णोद्धारका लागि मन्दिरको दोस्रो तलामा उनीहरूबाटै नापजाँच र अवस्था अवलोकन गर्नुपर्ने भएकाले यसमा समस्या देखिएको हो । उहाँले भन्नुभयो, “जान पाउनेलाई तालिम दिएर नापजाँच गरायौँ । एक चरणको अध्ययन सकियो, दोस्रो चरणको काम हुन सकेको छैन ।” यो समाचारगोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ