अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

new year

काठमाडौँ । अंग्रेजी (ग्रेगोरियन) पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ ।

विस्वभर विविध कार्यक्रमका साथ स्वागत गर्दै मनाइरहेका छन् ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार छ । ईस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायत ठाउँमा हिजो ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् । आज पनि पर्यटकीय ठाउँमा चहलपहल छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds