२०औं संस्करणको आहा रारा गोल्ड कप ६ माघदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

२०औं संस्करणको आहा रारा गोल्ड कप ६ माघदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

aha-gold-cup

पोखरा । मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण ६ माघदेखि सुरु हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा यसपालि एक विदेशीसहित १० टोलीको सहभागिता हुने भएका छन् ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, नेपाल एपिएफ फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए सहभागी हुने बताइएको छ ।

प्रतियोगिता १५ माघसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds