पृथ्वी जयन्तीको अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा

पृथ्वी जयन्तीको अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा

syangja bazar

स्याङ्जा । पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका सात वटा पालिकाले आज (मङ्गलबार) सार्वजनिक बिदा दिएका छन् ।

स्याङ्जाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर जानकारी गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds