नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको पुतला दहन

नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको पुतला दहन

Putla Dahan

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरिएको छ ।

एमबीबीएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै निरन्तर आन्दोलन गरिरहेका विद्यार्थीले बिहीबार नोबेल परिसरमै शर्माको पुतला दहन गरेका हुन् ।

पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।

यो पनि पढ्नुहोस्ः

नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरे तोडफोड

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds