गोरखामा भीरबाट लडेर ३३ बर्षीय गुरुङको मृत्यु

गोरखामा भीरबाट लडेर ३३ बर्षीय गुरुङको मृत्यु

ladera mrityu

गोरखामा जंगलमा काठ काट्न जाने क्रममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धार्चे गाउँपालिका–३ डुङ्लाका अन्दाजी ३३ बर्षीय पुरमान गुरुङ रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार करिब चार बजे काठ काट्न जंगल जाने क्रममा तारवाङ भीरबाट उनी लडेका थिए । भीरबाट करिव चार सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार घटना भएपनि शनिबारमात्र खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको शव पोष्टमार्टमका लागि आरुघाटमा ल्याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ