तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छः रुसी विदेश मन्त्री

तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छः रुसी विदेश मन्त्री

rus

पोखरा । रुसका विदेशमन्त्री सर्गेई ल्याभरोभले तेस्रो विश्वयुद्ध भयो भने त्यो आणविक युद्ध हुने बताएका छन्।

लाभरोभले बुधबार एक सम्बोधनका क्रममा तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।

पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनले आणविक हतियार प्राप्त गरेमा रुसले ‘वास्तविक खतरा’को सामना गर्नेसमेत उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ