गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर प्रत्येक दिन लगभग दुईहजारसम्म युवाहरु कामको खोजीमा खाडी मुलुकहरुमा जाने गरेको सरकारी तथ्याङ्कहरुले देखाउँछन्। खुला सीमाना पार गरी कति युवा, युवती कामको खोजीमा भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा नै छैन। विदेशमा ‘थ्री डि’ कामहरुमा लाखौँ युवाहरु संलग्न रहेका छन् । तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिँदैन ।
नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि दबाब नपरिरहेको बेला जनकलाकार विष्णु खत्रीको भखरै युट्युवमा सार्वजनिक भएको सरकार के गरेर खाम? गीतले प्रश्नहरुको संहार गरेको छ ।
देशको परिस्थिति र शैक्षिक बेरोजगार युवाहरुको कथालाई मर्मस्पर्शी शब्दले जीवन्त चित्रण गरिएको गीतमा सर्जक तथा प्रसिद्ध गायक खत्री र भर्सटाइल गायिका सजना बास्तोला सजलको सुमधुर स्वरले अलौकिक स्वाद भरेको छ ।
लोकसङ्गीत क्षेत्रमा रूचाइएका गायक÷सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन्। शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन्। यो गीत यसको द्योतक हो । उनले गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन्। उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन्। त्यस्तै अहिलेसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी उनी गीत रचनामा पनि दक्खल राख्छिन् । लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा उनले स्वर दिएकी छन्।
गायक तथा सर्जक खत्रीले नागरिकहकको प्रत्याभुति गर्नुपर्ने राज्यको दायित्वबाट सरकार जहिल्यै भाग्ने गरेको भन्दै आमजनताको तर्फबाट सरकारलाई उक्त वातावरण मिलाउन आग्रह गर्दै गीत सिर्जना गरेको बताए । “देशमा हुने भ्रष्टाचार,अन्याय, अत्याचार बढदो महँगी, कालोबजारी बिरुद्ध सशक्त आवाज उठाउँदै भोका, नाङ्गा, गरिब, दिनदुःखी, असहाय, निमुखा, हुँदा खाने वर्ग, श्रमजिवी,उत्पिडीत, बेरोजगारी जनताको जीवन कथामा आधारित गीत हजुरहरु माझ लिएर आएका छौं।” खत्रीले भने “नागरिकलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको अभिभावकत्व प्रदान गर्ने दायित्व सरकारको भएकोले बिनम्रतापूर्वक आम जनताको तर्फबाट सरकारलाई उक्त वातावरण मिलाउन आग्रह गरेका छौं ।”
प्रसिद्ध संगीतकार आशिष अविरलले एरेन्ज गरेको सरकार के गरेर खाममा संगीत सर्जक स्वयमले भरेको छन् । श्रमजिवी,उत्पिडीत तथा बेरोजगारी जनताको चीत्कार प्रस्तुत गरेको म्युजिक भिडियोमा विनोद न्यौपाने र जुना सुन्दासको फिचरिङ देख्न पाइन्छ । युवराज वाइवाको निर्देशनमा बनेको भिडियोमा निशान एसकेको सिनेमेटोग्राफी छ भने अमृत चापागाईको सम्पादन रहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन