काठमाडौँ । यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । ३५ औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।
खेलको ४२ औँ मिनेटमा साहदा अख्तर रिपाले गोल गरेपछि बंगलादेश ४–१ को अग्रता बनाएको थियो ।
इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।
बंगलादेशले भने विजयी सुरुआत गरेको छ । पहिलो खेलमै बंगलादेशले ३ अंक जोडेको छ ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
अब नेपालले तेस्रो खेल मार्चमा २१ मा भारतसँग खेल्नेछ । यस्तै नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु