पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले सँघर्षपूर्ण जित निकालेको छ ।
दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा बुधबार भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श युवा क्लब भण्डारढिकलाई नव आदर्शले २–१ गोल अन्तरले पराजित गरेको हो ।
नव आदर्शको जितमा १२ औं मिनेटमा कुनल राईले पहिलो गोल गरे भने खेलको २६ औ मिनेटमा सजिस गुरुङले गोल गर्दै टिमलाई जित दिलाए । हार व्यहोरेको साविक विजेता आदर्श क्लबको तर्फबाट १५ औं मिनेटमा बुद्धि तामाङले सान्त्वना १ गोल फर्काएका थिए । यो जितसँगै नव आदर्शले ६ अंक जम्मा गरेकोे छ । भने आदर्श क्लबको १ अंक रहेको छ ।
त्यसैगरी दास्रो खेलमा भदौरे क्लबले डेभिजफललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भदौरेको जितमा समुन्द्र सुवेदीले र कुशल परियारले समान १ गोल गरे भने डेभिजफलको तर्फबाट सुदिप रानामगरले सान्त्वना १ गोल फर्काए । उक्त जितसँगै भदौरे क्लबले ३ अंक जम्मा गरेको छ । भने डेभिजफलको पनि ३ अंक रहेको छ ।
अर्काे खेलमा एपेक्स क्लबको अनुपस्थितिमा ड्यामसाईड क्लबले वाकओभर मार्फत विजयी बन्दै ३ अंक बटुलेको छ । भने एपेक्सले दुई खेलमा कुनै पनि अंक बटुल्न सकेको छैन ।
रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको अन्तिम खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्र र एलजी एशोसियसन बिच भएको खेल गोलरहित बराबरीमा सकिएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार उक्त खेलबाट दुवै टिमले समान १ अंक बाडेका छन् । र अहिलेसम्म दुवै टिमले दुई खेल खेल्दै समान ४ अंक बनाएका छन् ।
पोखरा महागरपालिका २५ हेम्जा स्थित गौरीशंकर खेलमैदानमा भएको पहिलो खेलमा हेम्जा युनाईटेडले पोखरा युनाईटेड क्लबलाई ३–० गोल अन्तरले पराजिगत गर्याे । हेम्जा युनाईटेडको जितमा आशिष कार्कीले, सुमित केसी र विकास गुरुङले समान १ गोल गरे । उक्त जितसँगै हेम्जा युनाईटेडले ४ अंक बटुलेको छ ।
त्यसैगरी अर्काे खेलमा शितलज्योती क्लबले लेकसाईड क्लबको अनुपस्थितिमा वाकओभर मार्फत शितलज्योती क्लब विजयी बनेको छ । उक्त जितसँगै शितलज्योती क्लबको अंक ६ भएको छ । भने लेकसाईडले दुई खेलबाट कुनै पनि अंक जोडेको छैन ।
अन्तिम खेलमा गार्डेन एफसीले भ्याली स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा आकाश थपलिया (वामे) र मनिल गुरुङले समान १ गोल गरे भने भ्यालीको तर्फबाट सविन गुरुङले १ गोल फर्काए । अहिलेसम्म गार्डेनले ३ अंक बटुलेको छ । यता भ्याली स्पोर्टस्ले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ ।
एन्फा कास्कीका अनुसार प्रतियोगितामा अब कुल ४१ खेल बाँकी रहेकोे छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी