पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजक टोली, एयरपोर्ट युवा क्लब, हाम्रो एफसी र लेकसाईड क्लब सेमिफाईनलमा प्रवेश गरेको छ।
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज भएको पहिलो खेलमा एलजी एशोसियसनलाई आयोजक टोलीले १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्याे । आयोजकको जितमा भोमोले निर्णायक गोल गरे।
हाम्रो एफसी र मालेपाटन क्लबबिच भएको दोस्रो क्वाटरफाईनल खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा हाम्रो एफसीले २–१ गोल अन्तरले पाखा लगायो। यो जितसँगै सेमिफाईनलमा हाम्रो एफसीले आयोजक टोली विरुद्ध खेल्नेछ।
यसैगरी अर्काे क्वाटरफाईनल खेलमा एयरपोर्ट युवा क्लबले करापुटारलाई २–० गोल अन्तरले सहज जित निकाल्यो।
एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए।
अध्यक्ष विजया गुरुङका अनुसार अन्तिम क्वाटरफाईनल खेलमा लेकसाईड एफसीले रामघाट क्लबलाई १–० गोलले सँघर्षपूर्ण जित निकाल्यो। सेमिफाईनलमा अब एयरपार्टसँग प्रतिस्पर्धा गर्नेछ।
अध्यक्ष गुरुङले सेमिफाईनलको दुवै खेल शनिबार विहान सञ्चालन गरिने जानकारी दिईन् । उनका अनुसार फाईनल खेल दिउँसो हुनेछ।
प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने उनले बताईन्।
गुरुङका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन्। भने सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ।
यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु