पोखरा । कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ।
पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल आज (सोमबार) सकिएको हो। लिग चरणका खेल सकिएसँगै क्वाटरफाईनल खेल पोखरा रङ्गशालामा सञ्चालन गरिने खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए।
उनका अनुसार पहिलो समुहबाट हेम्जा युनाईटेड क्लब ८ र नव आदर्श युवा क्लब १० अंक सहित अन्तिम आठमा प्रवेश गरेको छ । दोस्रो समुहबाट विष्णु पादुका क्लब ९ र ड्यामसाईड क्लब १० अंक सहित क्वाटरफाईलमा स्थान बनायो।
तेस्रो समुहबाट सत्य युवा क्लब र शितलज्योती क्लब समान १२ अंक सहित छनौैट भयो।
अर्काे समुहबाट एलजी एशोसियसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंक सहित क्वाटरफाईनलमा प्रवेश गर्याे।
क्वाटरफाईनलका खेल मंगलबार पोखरा रङ्गशालामै हुने संयोजक गुरुङले जानकारी दिए। उनका अनुसार पहिलो खेल नव आदर्श र शितलज्योती बिच हुनेछ। दोस्रो खेल सत्य युवा क्लब र हेम्जा युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ। तेस्रो खेल ड्यामसाईड र भ्याली स्पोर्टस् बिच हुने खेल हुनेछ।
अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एशोसियसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु