पोखरामा मिस नेपालको खोजी, आइतबार अडिसन

पोखरामा मिस नेपालको खोजी, आइतबार अडिसन

278654305_314582967450421_6654328911289985713_n

आशिष पुरी, पोखरा । ‘मिस नेपाल–२०२२’ खोज्दै आयोजक द हिडन ट्रेजरको टोली पोखरा आएको छ । पोखरामा आइतबार गण्डकी प्रदेशस्तरीय अडिसन हुँदैछ ।

सातै प्रदेशमा अडिसन गर्न लागेको आयोजकले त्यसको सुरुवात पोखराबाट गरेको हो । पोखरामा हुन लागेको अडिसनमा सहभागी हुन शनिबारसम्म आवेदन दिन सकिने आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले शुक्रबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए ।

उनका अनुसार मिस नेपालमा छनोट हुन १८ वर्षदेखि २७ वर्ष उमेर ननाघेको र कम्तीमा ५ फिट ३ इन्च उचाइ हुनुपर्ने छ । यसअघि उमेर २६ वर्षसम्म र उचाइ ५ फिट ४ इन्च हुनुपर्ने व्यवस्था थियो । त्यस्तै शैक्षिक योग्यता न्यूनतम कक्षा १२ उत्तीर्ण हुनुपर्छ ।

अडिसन पोखरा १८ सेदीस्थित वाटरफ्रन्ट रिसोर्टमा हुनेछ । पोखरापछि धरान, वीरगन्ज, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा अडिसन हुने आयोजकले जनाएको छ । ‘मिस नेपाल–२०२२’को फाइनल ४ असारमा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

‘मिस नेपाल–२०२२’का लागि गत सोमबारदेखि अनलाइन आवेदन खुला गरिएको थियो । त्यसमा शुक्रबारसम्म साढे तीन सय जनाको आवेदन परेको अध्यक्ष राजकर्णिकारले बताए ।

यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन वटा मुख्य टाइटल रहनेछन् । ‘मिस सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने निरन्तरता नदिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ