स्याङ्गजा। मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) वालिङ -१३ का अध्यक्ष पदका उम्मेदवार आश बहादुर गुरुङ कार्यकर्ताको टोलीसहित घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै गुरुङले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त हुन थालेका हुन्।
वडावासीसँगको भेटघाटका क्रममा स्थानीयले उम्मेदवार गुरुङसँग यसअघिका जनप्रतिनिधि तथा सरकारले आफूहरुलाई झुक्याउने काम गरेको बताएका छन्। स्थानीयले एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दललाई पटक-पटक भोट दिएर हेरिसकेको भन्दै अब उनीहरुलाई फेरी भोट दिएर गल्ती नगर्ने वाचा गरेका छन्।
गुरुङले समान अधिकार, मूल बासीको अस्तित्व रक्षा, पहिचान र मूलवासीहरुको आर्थिक, सामाजिक र शैक्षिक हक अधिकारका लागि भन्दै आएपनि आफू निर्वाचित भएको खण्डमा सबै समुदायलाई एकसाथ लिएर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरे। उनले मतदातासँग भने – “मलाई भोट दिनुस्, जितेंभने जनताको सेवामा फर्कन्छु, पराजित भए जनताको समस्या सम्बन्धित निकायमा पुर्याउँछु।”
घरदैलोका क्रममा कतिपय मतदाताले काँग्रेसले देशको नदी नाला बेच्ने काम गरेको र एमाले भष्ट्राचारमा लिप्त बन्दा दुई तिहाईको सरकार भएर पनि ढल्न पुगेको बताउने गरेको उनले सम्झिए।
उनले आफू कमाउनका लागि नभएर अस्तित्वको रक्षा गर्दै एकजुट भएर वर्णभेदी नीतिको खुलेर विरोध गर्दै समग्र वडाको विकास र समृद्धिका लागि राजनीतिमा आएको स्पष्ट पारे। साथै उनले निर्वाचित भएको खण्डमा आफूले पाउने कुनैपनि तलव भत्ता नलिने घोषणा गरिसकेको बताए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ