Gandak News
Our News Your Views
Promote your business here Gandaknews

स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान साढे ६ बजे झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनको घर नेपालगञ्ज हो।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन।

घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पाटन अस्पताल लगिएको छ। सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा चौधरीले स्वर्ण पदक जितेकी थिइन्।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस