चट्याङ लागेर १६ वर्षीया किशोरीको मृत्यु

चट्याङ लागेर १६ वर्षीया किशोरीको मृत्यु

chatyang photo

काभ्रे । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।

रोशी गाउँपालिका–९ पनान्चेमा हिजो दिउँसो चट्याङ लागेर अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो।

लुङ्गेलीलाई घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ