स्याङ्जामा ८ पालिकाको मत परिणामः ५ पालिकामा एमाले विजयी, ३ वटामा कांग्रेस

स्याङ्जामा ८ पालिकाको मत परिणामः ५ पालिकामा एमाले विजयी, ३ वटामा कांग्रेस

uml-congres

स्याङजा । स्याङजाका ८ वटा पालिकाको मत परिणाम आएको छ।

मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा नेकपा एमालेले जितेको छ।

यस्तै, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका र गल्याङ् नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

स्याङ्जा हरिनास गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिमनारायण मानन्धर ४७६९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरेका हुन्। टोपबहादुरले ४७३२ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापा राना बिजयी भएकी छन् । थापाले ४७४० त प्राप्त गर्दा माओवादीकी मिठु लम्साल ४७१६ मतमा रोकिएकी छन्।

कालीगण्डकी गाउँपालिकाको अध्यक्ष अध्यक्षमा नेकपा एमालेका खिम थापाले ६ हजार ७०० मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसकी माया रानाले ५ हजार ५५ मत प्राप्त गरेकी छन्।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी एमालेकी उम्मेदवार सावित्रा कोइराला विजयी भएकी छन्। उनले ६ हजार २२३ मत प्राप्त गर्दा उनको निकटम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाए। २०७४ को स्थानीय तह निर्वाचनमा पनि खिम थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।

यस्तै, बिरुवा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन्। कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउँदा कांग्रेसका डोलराज पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरे। पोखरेल विरुवा गाउँपालिकाको कांग्रेस सभापति समेत हुन्।

उपाध्यक्षमा एमालेकै भगवती शर्माले ४ हजार ९ सय ३७ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थमनबहादुर गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे।

फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन्।

सुवेदीले ३ हजार ३८६ मत प्राप्त गनरेका छन् भने उनका प्रति द्वन्दी नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।

गाउँपालिकाकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन्।

उनले ३ हजार ९७८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गरेका छन्।

त्यस्तै, आँधीखोला गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेका विश्वनाथ पौडेल पाँच हजार १७७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कांग्रेसका प्रेमरज पौडेलले चार हजार ३५१ मत पाएका छन्।

उपाध्यक्षमा पनि नेकपा एमालेकी सीता थापा निर्वाचित भएकी छन्। उनले पाँच हजार २७३ मत पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत पाएका छन्।

यसैगरी, स्याङ्जाको भीरकोट नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशर बहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ७८४ मत प्राप्त भएका छन्।

गल्याङ नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन्। कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले पछाडि पार्दै विजयी घोषित भएका हुन्।

गैह्रे एमाले स्याङ्जाका अध्यक्ष हुन्। एमालेको पकड क्षेत्र मानिने गल्याङमा भट्टराईले ९ हजार ६ सय २१ मत ल्याएका छन् भने, गैह्रेले ८ हजार ९ सय २२ मत ल्याए । उपमेयर पदमा कांग्रेसकै हेमा न्यौपानेले १ हजार ११८ मत प्राप्त गरी विजयी भएकी छन्। प्रमुख प्रतिद्वन्द्वी एमालेकी देवीसरा थापाले ९ हजार ५५ मत प्राप्त गरेकी छन्।

अर्जुन चौपारी गाउँपालिकामा १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष रन वहादुर थापा सहित सम्पूर्ण प्यानलले विजय हासिल गरेको छ। उनले १ हजार २५२ मत ल्याइ विजय भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ७३९ मत प्राप्त गरेका छन्।

स्याङजामा गाउँ र नगरपालिका गरी ११ वटा स्थानीय तह रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ