Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ।

मंगलबार राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने उल्लेख गरेको छ।

यसका लागि बुटवलदेखि नारायणगढसम्म, कमलादेखि कञ्चनपुरसम्म, काँकडभिट्टादेखि पथलैयासम्म, पथलैयादेखि कमला तथा पथलैया नारायणी खण्डलाई स्तरोन्नति गरिने उल्लेख छ।

यस्तै काठमाडौं तराई द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आगामी वर्ष ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष लिइएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस