पोखरा । नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमासो कुराको जानकारी दिइएको हो। प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।
यसअघिका वर्षमा काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो। गत वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ कै कारण हुन सकेको थिएन। यस अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपश्चात पोखरामा प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
विश्वका ५० भन्दा बढी देशका एक हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रकाश शम्शेर राणाले बताए।
प्रतियोगिताको सदस्य स्रोत व्यवस्थापन संघ/प्रदेश,स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट हुने अपेक्षा गरिएको सदस्य सचिवजगनबहादुर गुरुङले जानकारी दिए।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्र सेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायी समेतको ५१ सदस्यीय सल्लाहकार समितिसमेत गठन भइसकेको छ।
प्रतियोगिता सम्पन्न गर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरुबीच छलफल भइसकेको छ। नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको बैठक जेठ २१ र २२ गते पोखरामा सम्पन्न भएको छ। विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको जि.टु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमा गरिएको छ।
जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन्। नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा तपाई हामी सबै लाग्नुपर्ने देखिएको महासचिव दिपराज गुरुङले बताउनु भयो। प्रतियोगितामा सिनियर महिला/पुरुषतर्फ ८/८ र जुनियरतर्फ १०/१० वटा तौल समूहका खेल हुनेछन्।
दीपक बिष्ट, संगीना बैद्य, सपना मल्ल जस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न यस प्रतियोगिता कोसेढुंगा सावित हुनेछ। यस प्रतियोगितो आयोजनाबाट नेपाली तेक्वन्दो खेलाडीहरुले अनुभव प्राप्त गर्न सक्नेछन्। जसबाट आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीहरुलाई सहज हुनेछ। संघले त्यो सहजतालाई पनि विशेष प्राथमिकतामा राखेको जानकारी गराउँछौँ। साथै कोभिड १९ले थलिएको पर्यटन व्यवसाय प्रवद्र्धनमा पनि यो प्रतियोगिता सहयोगी हुने बताइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो