‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री

‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री

pradeep dai

काठकाडौं । भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ। दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो। चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन्।

चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको छ। एक युवाले शिक्षक बन्ने दौडमा गरेको संघषलाई चलचित्रमा देखाईएको छ। धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिएका छन यसै कारण पनि चलचित्रको प्रखाईमा छन् दर्शकहरु।

महेन्द्र अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो। बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाकोे सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ। चलचित्र भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds