काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि जोडी ‘रोजरिङ’ अर्थात् सरोज प्रजा र छिरिङ शेर्पाको जोडीले जितेको छ। शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे। एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन्। उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन्।
गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलिब्रिटी जोडीबीच प्रतिस्पर्धा भएको थियो। विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए।
अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई निर्णायकको रुपमा थिए।
डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु