अन्नपूर्ण व्याण्ड नेपालको ‘भो’ सार्वजनिक (भिडियो सहित)

अन्नपूर्ण व्याण्ड नेपालको ‘भो’ सार्वजनिक (भिडियो सहित)

bho

कास्की। अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ।

व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ।

आशिम गुरुङ र अप्सरा गुरुङको अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङको स्वर भरेका छन्।

निर्माण पक्षका अनुसार अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन्।

यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गरेका छन्। संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गरेका छन् भने सो भिडियोको छायांकन सुमन पराजुलीका गरेका हुन्। गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds