जङ्गली च्याउ खाँदा ६ जना बिरामी

जङ्गली च्याउ खाँदा ६ जना बिरामी

chyau

दाङ । दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन्।

शनिबार बिहान जङ्गलबाट च्याउ ल्याएर खाएको केही समयमै उनीहरु बिरामी परेको प्रहरीले जनाएको हो।

घोराही उपमहानगरपालिका–११ खैराका ४२ वर्षीय भोला बिसी, उनका छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी, घोराही–१२ हापुरका ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीय समिर बस्नेत बिरामी परेका हुन्।

उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। लालबहादुरको परिवारको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ