स्याङ्जामा दाजुको कुटपिटबाट भाइको मृत्यु

स्याङ्जामा दाजुको कुटपिटबाट भाइको मृत्यु

kutakut

स्याङ्जा । स्याङ्जामा दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको मृत्यु भएको छ।

गएराति भिरकोट नगरपालिका–३ रिजुमा दाजुभाइबीच सामान्य विवादमा कुटाकुट हुँदा ४५ वर्षका श्यामबहादुर रोकाको मृत्यु भएको हो।

दाजु ५० वर्षका यामबहादुर रोकाले कुट्दा भाइ श्यामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ