द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक

द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक

294595648_784628609336410_8516571787114968279_n

पोखरा । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ।

महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ।

गीतमा कृष्ण बिके (भाञ्जा) को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ।

भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ।

मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ