काठमाडौं । नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ। महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो।
सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेम बहादुर तामाङलाई सम्मान गरियो।
बाग्मती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित भए। दुवैले १० हजार रुपैयाँ पुरस्कार पाए । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले पनि १० हजार रुपैयाँ पुरस्कार पाए । नेपाल आइटीएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डीङ अवार्ड पाए। नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो। काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित भए।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कायकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ, राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणीन्द्र पौडेल लगायतको उपस्थिति थियो। नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको सभापतित्वमा कार्यक्रम भएको थियो। सो अवसरमा धमलाले गण्डकी प्रदेशको सक्रियता प्रशंसनीय रहेका बताए। कार्यक्रमको ब्यवस्थापन गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो संघले गरेको थियो।
कार्यक्रममा नेपाल आइटीएफका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरियो।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि