Gandak News
Our News Your Views
Promote your business here Gandaknews

राजु लामाले चढे जापानको अग्लो हिमाल, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन्।

जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन्।

फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए।

फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए। फुजीको चुचुरोमा पुग्न ७ घण्टा लागेको उनले बताए। ‘माउन्ट फुजीको चुचुरोमा पुग्ने योजना पहिल्यैदेखि हो र अन्ततः त्यहाँ पुगें,’ उनले भने।

फुजी आरोहणअघि लामाले राजधानी टोकियोमा भव्य कन्सर्ट समेत गरेका थिए।

यसअघि उनले गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। सगरमाथा आरोहणको समय पनि उनले दुई कन्सर्ट गरेका थिए।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस