पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ ।
प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ । गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।
परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (कास्की), गणेश बहादुर भट्टराई (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की), दिनेश श्रेष्ठ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।
मनोनयनमा पर्ने रानाभाट राखेपका पूर्व वोर्ड सदस्य हुन भने भट्टराई बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी संगै पर्यटन व्यवसायी समेत हुन् । त्यसै गरी शेरचन नेपाल लोकतन्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष हुन् । मनोनयनमा परेका गोरखाका गुरुङ मेटिभेटर संगै नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका संयोजक हुन् । बागलुङका श्रेष्ठले यस अघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्ष संगै राखेपको वोर्ड सदस्य समेत रहेर नेतृत्व गरिसकेका छन् भने कास्कीका गुरुङ क्षेत्रिय खेलकुदको पूर्व उपाध्यक्ष हुन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु