हेमजा । नव सृजनशिल युवा क्लब पोखरा १९ पुरुन्चौरको आयोजनामा अन्तर क्लब भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज १० गतेदेखि १२ गतेसम्म भारती भवन माविको खेलमैदानमा हुनेछ।
सृजनशिल युवा ज्ञान, सिप र कला भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। भलिबलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गरी समाज र राष्ट्रमा नै पहिचान गराउने प्रतियोगिताको उद्देश्य रहेको छ।
प्रतियोगिता मार्फत भलिबल खेलको अस्तित्व कायम राख्दै युवा क्लब बिच सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको विजेताले रु.५१ हजार पाँच सय ५५, उपविजेताले रु.३१ हजार १ सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रू १०,००० प्राप्त गर्नेछन्।
प्रतियोगितामा घैंटो फुटाउने, कुर्ची दौड र केराउ गन्ने प्रतियोगिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
सम्बन्धित खबर
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
औषधि विभागद्वारा १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि