विवाह बन्धनमा बाँधिए बुद्धि तामाङ

विवाह बन्धनमा बाँधिए बुद्धि तामाङ

buddhi-tamang-1

काठमाडौं । कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले आज शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।

यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह भएको हो । बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् ।

सानो पर्दाको सिरियलबाट चम्किएका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका छन् । पछिल्लो समय उनी म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । उनको ‘हैट’ थेगो निकै लोकप्रिय मानिन्छ ।

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ