पोखरा । खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ जुनियर क्यूरोगी तर्फको इभेण्टमा नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।
पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ अन्र्तगत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।
६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने शुप्रिया गुरुङले स्वर्ण पदक दिलाएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

उक्त जुनियर तर्फको क्यूरोगी तर्फको इभेण्टमा भारतले भने ८ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसै गरी दक्षिण कोरीयाले भने ३ स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको संघले जनाएको छ ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्सेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याटमिन्टनको हलमा खेलहरु भईरहेका छन् ।
उक्त प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १ हजार ३ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको संघ गण्डकीका सचिव रमेश पौडेलले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु