पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त गर्यो ।
टिम ईभेन्टर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेशले काश्य पदक जिते ।
त्यस्तै, महिला व्यक्तिगत स्पर्धामा वागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै स्वर्ण पदक जितिन् भने वागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।
पुरुषतर्फ व्यक्तिगत स्पर्धामा गण्डकीकै अमृत थापामगरले स्वर्ण, वागमतीका अरहान्त सिंहाले रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दीपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक जिते ।
स्क्वास प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो