दुई विश्वसुन्दरीले गरे एक–आपसमा विवाह

दुई विश्वसुन्दरीले गरे एक–आपसमा विवाह

1-2

काठमाडौं । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले एक–आपसमा विवाह गरेका छन्।

बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरेका हुन्।

उनीहरूबीच थाइल्याण्डमा भएको २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए, जहाँ अर्जेन्टिनाबाट भारेला र पोर्टो रिकोबाट भ्यालेन्टिनले प्रतिनिधित्व गरेका थिए।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरू त्यसपछि नजिकिएका थिए। त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए।

उनीहरूले अक्टोबर २८ मा पुर्टो रिकामा विवाह गरेका थिए। तर, आफूहरुले विवाह गरेको कुरा कुनै विशेष दिन सार्वजनिक गर्ने भनेर बसेको यो जोडीले बुधबार विवाह भएको घोषणा गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds